फिरौती माग्न अस्पतालमा नक्कली बम राख्ने समूह पक्राउ

काठमाडौं, २७ भदौ । पुरानो बानेश्‍वरको मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने समूह प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका २५ वर्षीय आशिष कुँवर, उनका भाइ अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका ४० वर्षीय अम्बरबहादुर रोका पक्राउ परेका छन् ।
उनिहरुले फिरौती असूल गर्‍ने उद्देश्यले बम राखेको प्रहरीले जनाएको छ । उनीहरुलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको एसएसपी अशोक सिंहले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति