महोत्तरीमा भु–माफियाका कारण कयौ घर बेघर बन्दै


विशाल बस्नेत
महोतरी, २७ भदौ । सार्वजनिक जमिन अतिक्रमण गरि भु-माफियाहरुले निजीकरण गरेको घटना महोत्तरीमा नौलो भने हैनन । बन अतिक्रमण गरि निजीकरण गर्ने, मापदण्ड बिपरित नदिउकाश क्षेत्र कब्जा गरी बालीनाली लगाउने जस्ता अवैधानिक हर्कतहरु देखिरहेतापनी अहिले भने भु-माफियाहरुले गरिव किसानहरुले बर्षौदेखी हकभोग गर्दै आएको जमिनलाइ निजीकरण गर्ने गरेको खुलासा भएको छ ।

५० औ बर्षदेखी किसानहरुले हकभोग गर्दै आएको जमिनमा लालपुर्जा देखाउदै आफ्नो भएको दाबी गर्न थालेपछी भु-माफियाहरुको अर्को चरित्र उदाङगो बनेको हो । महोत्तरीको विशेषगरि भङगाहा नगरपालिका र बर्दिबास नगरपालिकामा करिव ८५ घर परिवार भु-माफिया कै कारण बेघर बन्ने अवस्था सिर्जना बनेको राष्ट्रिय भुमी अधिकार मंच नेपालको तथ्यांक छ । बुधबार पिडितहरुले एक पत्रकार सम्मेलन गरी आफुहरु बेघर बन्न लागेको भन्दै दुखेसो पोखेका छन । अहिले गाउँका साहु तथा पैसावालहरु ५० औ बर्षदेखी आफुहरुले हकभोग गर्दै आएको जमिनमा जबर्जस्त आएर धमाधम हस्तक्षेप गर्न लागेको पिडितहरुको भनाइ छ ।

२०५४ सालमा बनेको भुमी आयोगले बितरण गरेको विवादित पुर्जाको अभिलेखको ढड्डा जलेस्वरबाट झिकाइ भित्र-भित्रै मालपोत कार्यालयले नै बिक्रीवितरणलाई सहज बनाइदिएको पिडितहरुको आरोप छ ।त्यतिबेलाको आयोगले बिरगन्ज, पर्सा, भोजपुरको टक्सार, महोत्तरीको एकडारा, खयरमारा, बथनाहा, जलेस्वर, रघुनाथपुर, सुगा लगायतका कर्मचारीहरु तथा आफन्तहरुलाइ कित्ताकाट गरि पुर्जा बितरण गरिएको बुझिएको छ ।अहिले पिडितहरुको जग्गा हकदाबी गर्ने महोत्तरीभन्दा बाहिरी जिल्ला र महोत्तरी कै स्थानियहरु छन । उनिहरुले मोटो रकम तिरेर नै उक्त जग्गा किनेको दाबी गर्दै आएका छन ।

तर पिडितहरु भने आफुहरुलाइ थाहा नै नपाइ उक्त जमिन कसरी अरुको नाममा गयो भन्ने बिषयमा अचम्मित बनेका छन ।२०५४ सालमा बनेको भुमी आयोगले महोत्तरीमा भुमिहिन, सुकुम्बासी तथा जोताहा किसानलाइ स्वामित्व दिनुको सट्टा आफन्त, नातागोता, कर्मचारी र हुनेखानेहरुलाइ जग्गा पुर्जा बाडने काम गरेको हुनाले राष्ट्रिय भुमी अधिकार मंचले उक्त आयोगले सम्पुर्ण कार्य खारेज हुनुपर्ने माग राख्दै आएको छ ।पुस्तौदेखी भुमी समबन्धी समस्याको चपेटामा परेका पिडितहरुले अहिलेसम्म आफ्नो भन्न नपाउनु र भोगचलन गरिरहेको जग्गा समेत अर्काको नाममा हुनुले झनै ठूलो समस्या सिर्जना बनिरहेको राष्ट्रिय भुमी अधिकार मंचको ठहर छ ।बर्षौदेखी आफ्ना नागरिकहरुले हकभोग गर्दै आएको जमिन देख्दादेख्दै अरुको नाममा सिफारिस गर्ने समबन्धित वडा कार्यालय तथा जनप्रतिनिधिप्रती नै गम्भीर आसङका उत्पन्न भएको छ ।

भु–माफियाहरुको चलखेलले सयौ घरपरिवार बेघर बन्न लागेकोप्रती ध्यानाकर्षण गराउदै भुमिहिन तथा सुकुम्बासी संगठनका केन्द्रिय उपाध्यक्ष गुन्ज खडकाले माफियाहरुको प्रतिकारको लागी तयार भैइरहेको बताए ।उक्त सम्मेलनमा भंगाहा नगरपालिकाका ६५ घरपरिवार र बर्दिबास नगरपालिकाका २५ घरपरिवार गरी ९० घरपरिवारका एक–एक जना सदस्य उपस्थित भएका थिए । यसअघि पनि बर्दिबास नगरपालिकाको रम्तेल डाडामा भु–माफियाहरुले सामुदायिक बन फडानी गरी करिव २ बिघा जग्गा आफ्नो नाममा बनाएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board