बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल


काठमाडौं, २७ भदौ । नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टोली फेरि पनि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी सविता रानामगर र प्रीति राईको गोलले नेपालले जितेको थियो । दोस्रो खेलमा नेपालको सुरुवाती ११ मा परिवर्तनको सम्भावना न्यून छ ।

पहिलो मैत्रीपूर्ण खेलमा लेफ्ट ब्याकहिराकुमारी भुजेल घाइते भए पनि उनी अभ्यास सत्रमा सहभागी भएकी छन् । यसअघि हिराको स्थानमा सृजनाले डेब्यु गरेकी थिइन् ।

प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो मैत्रीपूर्णसमेत सोही सेट उतार्न सक्छन् । खेल अनुकूल नभएमा उनले नयाँ खेलाडी डेब्यु गराउन सक्छन् ।

पहिलो मैत्रीपूर्णमा सविता र प्रीतिसहित रस्मी घिसिङ र सृजना सिंहले डेब्यु गरेका थिए । आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलको हो । एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति