चीनमा ज्याकेट कारखानामा निसास्सिएर ६ जनाको मृत्यु

काठमाडौं, २७ भदौ । उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा निसासिएर छ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो ३ बजे हेबेईको ग्रामिण क्षेत्र सुशुई जिल्लास्थित दासिन झुवानमा अवस्थित कारखानामा उक्त घटना भएको हो। स्थानीय अधिकारीका अनुसार डाउन ज्याकेट कारखानामा काम गर्ने मजदुरले कारखानाबाट निस्केको पानी फाल्ने क्रममा उनीहरु बेहोस भएका थिए। सुरुमा बेहोस भएकाहरुलाइ उद्धार गर्न खोज्दा अन्य थुप्रै मजदुर बेहोस भएका हुन्।त्यस क्रममा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। घटनामा एकजना गम्भीर घाइते भएका छन्। दुर्घटनाको कारणबारे छानविन भइरहेको अधिकारीहरुले जनाएका छन्। एजेन्सी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति