कांग्रेस निर्वाचन समिति संयोजक यादवको राजीनामा अस्वीकृत

काठमाडौं, भदौ २६ । नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका सयोजक महादेवप्रसाद यादवले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ।

यादवले भदौ २३ गते केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएका थिए।पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बेलुका उक्त राजीनामा अस्वीकार गरेका हुन्।

काङ्ग्रेस महाधिवेशन सम्बन्धित बाँकी काम गर्नसमेत यादवलाई देउवाले आग्रह गरेका छन्।२० जिल्लामा वडा अधिवेशन ढिलो भएकोलगायत विषय प्रस्तुत गर्दै यादवले राजीनामा दिएका थिए। काङ्ग्रेसले बाँकी वडा अधिवेशन असोज ५ मा र गाउँ तथा नगर अधिवेशन असोज ९ मा गर्दैछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति