काठमाडौं, २६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज (शनिबार) बिहान बस्ने भएको छ।
बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा अहिले बिहान ९ जब बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङले जानकारी दिए।
बैठकमा विधान महाधिवेशन ९प्रतिनिधि, दस्तावेज र व्यवस्थापन० र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने उनले जानकारी दिए। यसअघि एमाले स्थायी कमिटी बैठक हिजै ९शुक्रबार० अपराह्न ४ बजे बस्ने भनिए पनि संसद बैठक लम्बिएपछि स्थगित भएको थियो।
प्रतिक्रिया