सभामुख र अर्थमन्त्रीलाई हान्ने योजना थियो– सांसद रेखा झा

काठमाडौं, २५ भदौ। सभामुख अग्निप्रसास सापकोटाले पेलेर संसद बैठक अघि बढाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले आक्रोशित भएको छ।

शुक्रबार बसेको संसद बैठकमा एमाले सांसदलेको अवरोधबीच विभिन्न अध्यादेश पेश गरिएको छ भने अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पनि पेश गरिसकेका छन्।

यी सबै काम एमालेका सांसदहरु आशनबाट उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहँदा भएका हुन्।

सभामुखको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी एमाले सांसदहरुले आक्रोश व्यक्त गरिरहेका छन्।

यस्तै एकजना सांसद हुन् एमाले सांसद रेखा झा। उनले शुक्रबारको बैठकमा सभामुख सापकोटातिर हान्न आसनको माइक नै तानेकी थिइन्।

तर त्यसलाई मर्यादापालकहरुले रोकिदिएका थिए। उनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मिलेको भए सभामुखको टाउकोमा हान्ने बताइन्।

मिलेको भए त्यही माइकले म सभामुखको टाउकोमा हान्थेँ। सभामुखले संसदीय मर्यादा कायम राखेनन्, उनले भनिन्, अब मौका पाएँ भने म सभामुखको टाउकोमा हान्छु।

उनले दलले ह्विप उलंघन गर्ने सांसदलाई कारबाही गर्न पाउने जिकिर गरिन्। दलले सांसदलाई कारबाही गर्न पाउँछन्। तर सभामुखले माओवादीको निर्णय हतार हतार कार्यान्वयन गरे। एमालेको निर्णयलाई त्यतिकै राखेर अन्तिममा कारबाही नगर्ने निर्णय लिए।

नियम कानुन उलंघन गर्नेलाई हान्दा फरक नपर्ने उनले बताइन्। सभामुखखले संसदीय मर्यादा कसले कायम गर्न सकेनन्,उनले भनिन्, हामीले आज त माइक मात्रै तान्यौँ, अब मौका मिल्यो भने सभामुखलाई हान्छौँ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति