यी हुन् अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमा देखेको विशेषता

काठमाडौं, २५ भदौ । जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेका छन्। पाँच दलीय गठबन्धन सरकारको नीतिअनुरुप बजेट निर्माण हुने प्रतिक्रिया दिँदै आएका अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक नै संसदमा प्रस्तुत गरेका हुन्। उनले संसदमा सार्वजनिक गरेको प्रतिस्थापन विधेयकले जनतालाई आकर्षित गर्ने कार्यक्रमहरु समावेश गरिएको छ। स्रोत सुनिश्चित नभएका केही आयोजनाहरु खारेज समेत गरिएको छ। प्रस्तुत भएको बजेटमा अर्थमन्त्री शर्माले देखेका विशेषता यस्ता छन् ।

प्रतिस्थापन विधेयकका विशेषता :

१. वित्तीय अनुशासन पालना गरी बजेट बनाउने युगकोे शुरुवात

२. कोभिड १९ बाट रोजगारी गुमाएका अति विपन्न पाँच लाख परिवारलाई एक पटकका लागि १० हजारका दरले नगद राहत उपलब्ध गराइने

३. मृगौला प्रत्यारोपण गरेका, क्यान्सर पीडित र मेरुदण्ड पक्षघातका विरामीलाई औषधि खर्च वापत मासिक ५ हजार दिइने

४. जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायत राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार जीवन वृत्ति भत्ता दिइने

५. कोभिड १९ प्रभावित उद्योग व्यवसायलाई आकर्षक छुट

६. कृषि तथा बीमाकाे प्रिमियममा ८०% अनुदान दिइने

७. आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन हुने खालको नीति

८. हरेक प्रदेशमा कक्षा १२ सम्मका विद्यार्थीहरुको लागि ‘पढ्दै कमाउदै’ कार्यक्रम नमुनाकाे रुपमा सुरु गरिने

९. पहिलो पटक अनलाईन मिडियाहरुलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन शुरु गरिँदै

१०. शिक्षक अस्पताल निर्माणको प्रक्रिया सुरु गरिने११. सहकारी संस्थाहरुले भगिनी कम्पनी खाेलेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पाउनेगरी कानूनी प्रवन्ध मिलाइने लगायत……..

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति