गृहमन्त्रीको माइक तानियो, प्रधानमन्त्रीले माइक लुकाए


काठमाडौं, २५ भदौ ।  प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदको अवरोध बीच अर्थमन्त्री जनार्दन शर्माले संघीय प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रस्तुत गरेका छन्। रोस्टममा र मर्यादापालक र सांसदबीच घम्साघम्सी चलेको थियो। आर्थिक वर्ष २०७८/७९ को लागि प्रतिस्थापन विधेयक प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परेको हो ।

अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्नबाट रोक्न एमाले सांसद रोस्ट्रममा उक्लिन थालेपछि मर्यादापालक रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको हो।

यसैबीच एमाले सांसदले प्रधानमन्त्री शेरबहादुर देउवा बसेको लाइनको माइक थुत्न थालेपछि प्रधानमन्त्री देउवाले आफ्नो माइक लुकाएका थिए। हुलदंगाबीच संसदमा उनले माइक टिप्नै लाग्दा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई रोकेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति