काठमाडौं, २५ भदौ ।सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ बराबरको संशोधन बजेट संसदमा पेश गरेको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत संशोधित बजेट पेश गरेका हुन् । पूर्ववर्ती सरकारले जेठ १५ गते ल्याएको बजेटमा १५ अर्ब रूपैयाँ घटाएर सरकारले संशोधित बजेट ल्याएको हो । यसअघि अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएका थिए । नेकपा एमाले सांसदको नाराबाजीका बीच अर्थमन्त्री शर्माले संसदमा बजेटको प्रतिस्थापन विधेयक पेश गरेका हुन् । अर्थमन्त्री पौडेलले पुरक बजेटको कार्यान्वयनबाट ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने दाबी गरे । यसअघि शुक्रवार नै बसेको प्रतिनिधि सभा बैठकमा एमालेको नाराबाजीका बीच अर्थमन्त्रीले अध्यादेश संसदमा पेश गरेका थिए ।
सरकारद्धारा १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ बराबरको संशोधन बजेट संसदमा पेश (पूर्णपाठसहित)
प्रतिक्रिया