पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण : २१ जनाको मृत्यु

काठमाडौं, २५ भदौ । नेपालमा थपिए ११४६ कोरोना संक्रमित, १६६० जना डिस्चार्ज आज नेपालमा १ हजार १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १० हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। यस्तै एक हजार ६६० जना संक्रमित निको भएका छन्। त्यस्तै यसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा १० हजार ९२४ जनाको मृत्यु भएको छ।शुक्रबारसम्म २७ हजार ९५८ जना सक्रिय संक्रमित छन्। यस्तै काठमाडौं उपत्यकामा थप तीन सय ५४ जनामा कोरोना संक्रमण भएको छ। काठमाडौंका २५७ जना, ललितपुरका ५६ जना र भक्तपुरका ४१ जनामा कोरोना संक्रमण भएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति