डान्सिङ प्लेग : मान्छेहरु नाच्दा नाच्दै मर्ने अनौठो रोग

काठमाडौं, २५ भदौ। विश्वको इतिहासमा अहिलेको कोरोना भाइरस महामारी जस्तै अनेक खालका महामारीहरु आए, जसका कारण लाखौँ करोडौँ मानिसहरुले ज्यान गुमाउनु पर्‍यो।

आजभन्दा ५ सय वर्ष अगाडि पनि यस्तै महामारी आएाके थियो, जसले ठूलै तहल्का मच्चाएको थियो । तर अनौठो त के भने त्यस समयमा मानिसहरु नाची नाची मरेका थिए ।

आखिर महामारीको समयमा मानिसहरु कसरी नाच्दा नाच्दै मर्न पुगे त रु वास्तवमा सन् १५१८ मा हालको फ्रान्समा पर्ने अलससको स्ट्रासबर्गमा एउटा अनौठो महामारी फैलिएको थियो । त्यो एउटा नृत्य महामारी थियो, जसले फ्रान्समा कैयौँ मानिसहरुलाई आफ्नो सिकार बनायो । उक्त महामारीमा करीब ४ सय मानिसको मृत्यु भयो ।

सन् १५१८ को जुलाईमा एकजना युवती अचानक नाच्न थालिन् र नाच्दा नाच्दै होस नै गुमाइन् । ट्रफी नामकी ती युवती नाचमा यतिधेरै मग्न भइन् कि उनी नाच्दानाच्दै घरबाहिर पुगिन् ।

उनलाई कसैको मतलब थिएन, नाचिरहेकी थिइन् । नाच अति नै भएपछि उनका परिवार, आफन्त तथा छिमेकीहरुले समेत उनलाई समझाउन थाले । तर उनी नाच्न छाडिनन् । अनौठो त के भने जो जो मानिस उनलाई नाच्न छाड भनेर सम्झाउन जान्थे उनीहरु आफै नाच्न थाले ।

अन्ततः त्यहाँ दर्जनौँ मानिसहरु बेहोसीमै नाच्न थाले । त्यसरी नाच्दा नाच्दै मानिसहरु बेहोस भएर लड्न थाले र करीब ३० जनाभन्दा धेरैको त्यहीँ मृत्यु भयो । उक्त घटनापछि फ्रान्समा ठूलै हंगामा मच्चिएको थियो ।

त्यहाँ केही मानिसहरु मरेपछि नाच थामियो, तर फ्रान्सका अन्य ठाउँमा भने त्यो नाच्ने महामारी सल्कियो । ठाउँठाउँमा मानिसहरु त्यसैगरी नाच्न र मर्न थाले । त्यसरी बेहोसीमै नाच्ने मानिसहरुलाई समाएर अस्पतालमा समेत लगियो । उनीहरुको चेकजाँच पनि भयो, तर खास कारण पत्ता लाग्न सकेन ।

आखिर मानिसहरु किन त्यसरी अकस्मात नाच्न थाले र मृत्यु भयो भन्ने बारेको रहस्य अहिलेसम्म पनि पत्ता लागेको छैन ।

वैज्ञानिकहरुले उक्त घटनालाई डान्सिङ प्लेगको नाम दिएका छन् ।

source – roar.media/hindihttps://roar.media/hindi/main/history/dancing-plague-a-mysterious-event-in-which-dancing-for-death

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board