विश्वका दुई शक्तिशाली राष्ट्रका नेता बाइडेन र चिनफिङबीच टेलिफोनमा कुराकानी

काठमाडौं, २५ भदौ ।  अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार कुराकानी भएको छ। सिन्ह्वाका अनुसार शुक्रबार बिहान दुई नेताहरूबीच टेलिफोनमा कुराकानी भएको हो।अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले टेलिफोन कुराकानीको पुष्टि गर्दै दुई नेताबीच आफ्ना देशहरूको स्वार्थ मिल्ने र सिद्धान्त र विचार फरक पर्ने क्षेत्रहरूका बारेमा कुरा भएको जनाएको छ।गत सात महिनायता विश्वका यी दुई शक्तिशाली राष्ट्रका नेताहरूबीच प्रत्यक्ष कुराकानी भएको थिएन।बाइडेनले गत जनवरीमा अमेरिकी राष्ट्रपतिको सपथ लिएका थिए। पछिल्लो समय अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ भने साउथ चाइना सीबारे पनि दुई देशबीच मतभिन्नता बढ्दै गएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति