काठमाडौं, २४ भदौ । काठमाडौंको सेतो पुलमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको थियो ।अस्पतालको तेस्रो तलाको एक शौचालयमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ । शौचालयमा बम भेटिएको हल्ला चलेपछि केही समय उक्त क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको थियो । प्रहरीको विशेष टोली र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । डिस्पोज गर्दा बम नभएको पाइएको प्रहरीले जनायो ।
सो वस्तु राख्ने दुई जना व्यक्तिहरू सिसिटिभी फुटेजमा देखिएका छन्। उनीहरूको पहिचान गरी खोजी भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए । बम नक्कली निस्किएको छ। सिसिटिभी फुटेजमा देखिएका दुई जनाको खोजी गरिरहेका छौं, उनले भने।
प्रतिक्रिया