पोल्यान्डसँग बराबरीमा रोकियो इंग्ल्याण्ड

काठमाडौँ, २४ भदौ । कप्तान ह्यारी केनले गरेको गोलको अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड बराबरीमा रोकिएको छ । बुधबार राति पोल्यान्डको घरेलु मैदानमा इंग्ल्याण्ड ११ को बराबरीमा रोकिएको हो ।पहिलो हाफ गोलरहित बराबरीको अवस्था सकिँदा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

काइल वाकरको पासमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई ७२औँ मिनेटमा अग्रता दिलाएका थिए । तर, इन्ज्युरी समयमा डामियन स्जिमान्स्कीले रोबर्ट लेवान्डोस्कीको पासलाई हेडमार्फत गोल गर्दै टोलीको हार टारे ।बराबरीपछि पनि समूह ‘आई’मा १६ अंकसहित इंग्ल्याण्ड शीर्ष स्थानमा कायम छ । पोल्यान्ड ११ अंकका साथ तेस्रो स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति