बानेश्वरमा बम राखिएको आशंका, सेनाको टोली पुग्यो

काठमाडौं, २४ भदौ । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन्। एमसीसीको विरोधमा अहिले उपत्यकाका विभिन्न ठाउँमा विरोध प्रर्दशनहरुपनि भइरहेको छन् । विमानस्थलको गेट अगाडी प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

यसैबीच पुरानो बानेश्वरस्थितमा राखिएको आशंका गरिएको छ । पुरानो बानेश्वरको मातृका आँखा फाउन्डेसनको भवनमा बम राखिएको आशंका गरिएको हो।

फाउन्डेसनको तेस्रो तलामा रहेको शौचालयमा ‘टाइगर’ नामको बम राखिएको आशंका गरिएको बताइएको छ । घटनास्थलमा अहिले नेपाली सेनाको बम डिस्पोजल टोली पुग्ने क्रममा रहेको र बम हो वा होइन यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति