अफगानिस्तानलाई चीनको तीन करोड डलर बराबरको सहयोग

काठमाडौँ, २४ भदौ ।  चीनले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । चिनियाँ सहयोगमा अन्न, औषधी, कोभिड–१९ विरुद्धको खोप लगायत समावेश रहने सिन्ह्वाले जनाएको छ । तालिबानले अन्तरिम सरकार गठन गरेको एक दिनपछि चीनले आफ्नो छिमेकीका लागि सहयोगको घोषणा गरेको हो ।

चिनियाँ विदेश मन्त्री वाङ यीले पाकिस्तान, इरान, ताजिक्स्तान, उज्वेकिस्तान र तुर्केमिनिस्तानका समकक्षी तथा कूटनीतिज्ञहरुसँगको भर्चुअल छलफलका क्रममा अफगानिस्तानका लागि सहायताको घोषणा गरेका हुन् ।

चिनियाँ सहयोग अन्तर्गत अफगानिस्तानले पहिलो खेपमा तीस लाख डोज खोप पनि प्राप्त गर्नेछ । विदेश मन्त्री वाङले आफूहरु अफगानिस्तान लाई थप सहयोग गर्न तयार रहेको बताएका छन् । कोभिड महामारी नियन्त्रणका लागि चीनले अफगानिस्तानलाई ‘चाइना–साउथ एसियन कन्ट्रिज एमेरजेन्सी सप्लाइज रिजर्भ’ अन्तर्गत रही थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board