एकीकृत समाजवादीमा निर्वाचन आयोगले सनाखत नगरिदिएको भन्दै सांसद पाण्डे र भट्ट सर्वोच्चमा

काठमाडौं, २३ भदौ । नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।बुधबार प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले सर्वोच्च अदालतमा दिएको रिटमा आफूहरुले समयमा नै एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको भन्दै एकीकृत समाजवादी दल कायम गर्न अन्तरिम आदेश माग गरेका छन् । उनीहरुले हालसम्मको अभिलेखमा आफूहरु एमाले सांसद रहेको भन्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्म आफूहरुमाथि एमालेले गर्न सक्ने कारबाही रोक्न पनि अन्तरिम आदेश माग गरेका छन् ।निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी रोजेका केन्द्रीय सदस्य र सांसदलाई सनाखत गर्न बोलाउँदा पाण्डे र भट्ट पनि आयोग कार्यालय पुगेका थिए । तर पहिले दिएको निवेदनमा नाम नरहेको भन्दै आयोगले उनीहरुको नाममा सनाखत गर्न अस्वीकार गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति