एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक फेरि स्थगित

काठमाडौं, २३ भदौ ।  प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेपछि बैठक फेरि १५ मिनेटका लागि स्थगित भएको छ।

बुधबार दिउँसो बैठक सुरू हुनासाथ एमाले सांसदहरूले आफ्नो पार्टी फुटाउन सभामुख मतियार बनेको भन्दै नाराबाजी गरेका थिए। एमाले सांसदहरूले सर्वोच्च अदालतलमा विचारधीन मुद्दा संसदमा ल्याएको भन्दै सभामुख अग्नि सापकोटाले आक्रोश पोखेका थिए।

त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। केही समयपछि फेरि सुरू भएको बैठकमा पनि एमाले सांसदहरूले ‘संसदीय मर्यादा कायम गर’ लगायतका नारा लगाएका थिए।
एमाले सांसदहरूको नाराबाजीपछि सभामुख सापकोटाले फेरि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति