प्रधानमन्त्री देउवाको छोरा पनि राजनीतिमा

काठमाडौँ, २३ भदौ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पनि यसपालि डडेल्धुराबाट क्रियाशील सदस्यता लिएका छन् । डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख)मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट यसपालि जयवीरसिंह पनि क्रियाशील सदस्य छन्।गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का कांग्रेसबाट नै निर्वाचित अध्यक्ष चेतराम भट्टले जयवीरसिंह पनि क्रियाशील सदस्य रहेको बताए। देउवाको कांग्रेसले पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको क्रियाशील सदस्यताको सूचीमा नयाँ क्रियाशील सदस्यता १६६ नम्बरमा सूचीकृत छ । डडेलधुरा देउवाको गृह जिल्ला हो। जयवीरसिंह देउवाका एक्ला सन्तान हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति