काठमाडौं, २३ भदौ । नेकपा एमालेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे तत्काल कुनै धारणा नबनाउने भएको छ ।संसदीय दलको बुधबार बसेको बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका थिए । जनताले ‘नो एमसीसी’ भनेको भन्दै धेरै सांसदले त्यसविपरीत जान नहुने बताएका थिए ।
जवाफमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले यसबारे धारणा बनाउन हतार गर्न जरुरी नभएको बताए । एमसीसीबारे बुद्धिजिवी र दलहरुको मत पनि सुन्ने र डकुमेन्टहरु पनि अध्ययन गर्ने भन्दै उनले भने, ‘पास गर्ने जिम्मा पनि हाम्रो होइन, सम्झौता हामीले गरेको पनि होइन । प्रस्ताव आयो भने गम्भीरतापूर्वक छलफल गर्छौं र धारणा बनाउँछौं ।’उनले अघि भने, ‘एउटा कुरा स्पष्ट छ, देश र जनताको हित र कहिलेकाहिं आम जनताको एउटा धारणा हुन्छ, त्यसविरुद्ध हामी जाँदैनौं ।’
प्रतिक्रिया