काठमाडौं, २३ भदौ । नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको छ ।प्रतिनिधिसभाको बैठक आज बुधबार ४ बजे बोलाइएको छ ।
त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन हेर्ने बताए ।उनीहरु उपस्थित भए बैठक नै सुरु हुन नसक्ने भन्दै उनले भने, ‘नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निस्कासन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं ?’ उनले अघि भने, ‘यदि गैर सांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौं ।’
प्रतिक्रिया