काठमाडौं, २३ भदौ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीबिच भेटवार्ता भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोर्रेसन एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुटाउन पहल भैरहेको बेला बेरीले भट्टराईलाई भेटेका हुन् । बुधबार राजधानीको एक होटलमा दुईजनाबीच भेटवार्ता भएको हो । यसैसाता एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आउने कार्यक्रम छ । एमसीसी टोली काठमाडौं आउनुअघि राजदूत बेरीले एमसीसीमा समर्थन जुटाउन भेटवार्ता थालेका हुन् ।
अमेरिकी राजदूत बेरी र नेता भट्टराईबीच भेटवार्ता
प्रतिक्रिया