देशभित्र र देश बाहिरबाट गठबन्धन तोड्ने षडयन्त्र भइरहेको : अध्यक्ष प्रचण्ड

काठमाडौं, २३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएका छन् ।

तर आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको उनले बताए ।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले देशभित्रबाट पनि र देश बाहिरबाट पनि गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताए ।उनले भने, ‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिरबाट पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’

‘हामी चाहिं यथास्थितिमा हुन सक्दैन भनिराख्या छौं । हामी सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढंगले होस्, देशलाई क्षति नहुने ढंगले चाहेका छौं,’ उनले भने ।

तर अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने र माओवादीहरुलाई घेरा हालेर सिध्याउने षडयन्त्रमा लागेको प्रचण्डको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति