नेपालमा गाँजा खुलाउन अभियान चलाइरहेका व्यक्ति पक्राउ

काठमाडौं, २२ भदौ ।  गाँजा खुलाउन अभियान चलाइरहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरोको टोलीले नवजीवन प्लस संस्थाका सञ्चालक राजिव काफ्लेलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले बुढानिलकण्डस्थित रेष्टुरेन्ट हिप्पी हिलबाट गाँजासहित पक्राउ गरेको ब्यूरो स्रोतले जनाएको छ।

काफ्लेमाथि गाँजा बिक्री गरेको आरोप ब्यूरोले लगाएको छ। उनीसँगै अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबाट ८३.५ ग्राम लागु औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।यसबारेमा ब्यूरोका अधिकारीहरूले आधिकारिक रूपमा जानकारी दिएका छैनन्।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले यसबारे बुधबार विवरण सार्वजनिक गर्ने जनाएका वछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति