भारतलाई दार्चुला घटना र हेलिकोप्टर प्रकरणमा कूटनीतिक नोट पठाइयो


काठमाडौं, २१ भदौ । सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा अनधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे भारत सरकारलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार दुवै पत्र कूटनीतिक च्यानल मार्फत् पठाइएको हो । ती घटनाहरूमा सरकारले मौनता साँधेको भन्दै सर्वत्र आलोचना भएपछि घटना भएको सरकार कूटनीतिक नोट पठाउन बाध्य भएको हो । साउन १५ मा महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र सुरक्षा (एसएसबी)ले तुइन चुँडाइ दिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।
उनी बेपत्ता भएको घटनाको छानबिनका लागि सरकारी समिति बनेको थियो । उक्त समितिले पनि एसएसबीको संलग्नता रहेको उल्लेख गर्दै यो विषयलाई कूटनीतिक तबरबाट अघि बढाउन सरकारलाई सुझाव दिएको थियो ।छानबिन समितिले समेत ठहर गरिसक्दा पनि सरकार चुपचाप बसिरहेको थियो । यही बीचमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले यो घटनाको बारेमा थाहा नभएको भन्दै प्रतिक्रिया दिएका थिए ।

एक महिनासम्म पनि भारतमा यो विषयमा जानकारी नपुगेको भन्दै सरकारको थप आलोचना भएको थियो । यो बीचमा भारतसँग आफ्नो कुरा गर्नु भन्दा चीनसँगको सीमा विवाद रहेको भन्दै समिति बनाएपछि सरकारमाथि थप विरोध चुलिएको थियो । तुइन घटनाको विषयमा सरकार मौन रहेकै बेला भारतले नेपाली सेनाको ब्यारेकमाथि नै अनधिकृत रुपमा हेलिकोप्टर उडाएको थियो । त्यो विषयमा पनि सरकार चुपचाप थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति