प्रदेश सांसद सोनलले गरे ‘लोसपा’ मा सनाखत


धनुषा, २१ भदौं । प्रदेश–२ मा लोकतान्त्रिक समाजवादी पार्टीमा थप एक प्रदेश सांसदले सनाखत गरेका छन् । पूर्व भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले आज (सोमबार) प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोसपामा सनाखत गरेका हुन् । उनी पूर्व राजपाका संसदीय दलका नेता समेत थिए ।
नेता सोनल लोसपामा सनाखत गरेसँगै प्रदेश–२ मा लोसपाको पक्षमा सनाखत गर्नेको संख्या १६ पुगेको छ । पार्टी विभाजन अघि जसपासँग ५५ जना सांसद थिए । जसमध्ये १६ जना लोसपामा सनाखत गरेका हुन् भने बाँकी जसपामै छन् । त्यस्तै सभामुख सरोजकुमार यादवले समेत लोसपामै सनाखत गर्ने जनाइएको छ ।नव गठित लोसपामा सनाखत गर्ने प्रदेश सांसदहरुमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायाण साह, जानकी शरण साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह, डा। डिम्पल झा, प्रहलाद गिरी, रानी शर्मा तिवारी, उपेन्द्र महतो, अभिराम शर्मा र जितेन्द्र सोनल छन् ।प्रदेश–२ मा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जनप्रतिनिधि जोगाउन र फकाउन अन्तिम कसरतमा जुटेका छन् । दलबदल अन्तर्गत जसपाबाट नव गठित लोसपा र नेकपा एमालेबाट नव गठित नेकपा (एकीकृत समाजवादी) रोज्न जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले भोलि भदौ २२ गतेसम्म अन्तिम समय सीमा तोकेको छ । जसपा र लोसपाको आधार क्षेत्र रहेको प्रदेश–२ मा दुवै दलका अध्यक्षसहित केन्द्रीय नेता झण्डै एक सातादेखि प्रदेश सांसद र जनप्रतिनिधि फकाउन व्यस्त छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति