काठमाडौं १४ का वडा सदस्य २ लाख घुससहित पक्राउ

काठमाडौं, २१ भदौ । अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं महानगरपालिका १४ का एकजना वडा सदस्यलाई घुससहित पक्राउ गरेको छ ।

आयोगको टोलीले वडा कार्यलयका वडासदस्य वसन्त महर्जनलाई पक्राउ गरेको हो । उनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण—पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आयोगले जनाएको छ । टंगालबाट खटिएको आयोगको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनलाई कलंकी, खसी वजार स्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयवाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति