काठमाडौं, २१ भदौ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि पाकिस्ताले टिमको घोषणा गरेको छ । यूएई र ओमानमा संयुक्त हुने प्रतियोगिताका लागि पाकिस्तानले पाकिस्तानले सोमबार बाबर आजमको कप्तानीमा विश्वकप खेल्ने टोली घोषणा गरेको हो ।
कप्तान आजमसहित पाकिस्तानको विश्वकपका लागि १५ सदस्यीय टिम रहेको छ । टिममा आसिफ अली र खुस्दील शाहले पुनरागमन गरेका छन् ।
योपटक टी–ट्वान्टी विश्वकपमा पाकिस्तान र भारत एकै समूहमा रहेका छन् । पाकिस्तानले भारतसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।
प्रतिक्रिया