अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलायो

काठमाडौं, २१ भदौ ।  नेकपा(एकीकृत समाजवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ।

सत्तारूढ गठबन्धनभित्रैको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गृहमन्त्री खाँणले वाक स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी भारतको विरोध नगर्न विज्ञप्ति जारी गरेको भन्दै सोमबार गृहमन्त्री खाँणको पुत्ला दहन गरेको हो। अनेरास्ववियु विश्वविद्यालय राष्ट्रिय कमिटीहरूको आयोजनामा नेपाल कमर्श क्याम्पस मिनभवनमा गृहमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरिएको हो। विरोध प्रदर्शनमा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले हिजो तानाशाहविरूद्ध लडेका गृहमन्त्रीलाई कुन प्रभुले सिकाएर विज्ञप्ति लेख्ने आँट आयो भन्ने प्रश्न गरे।

उनले गृहमन्त्री खाँणले भारतलाई रिझाउनका लागि विज्ञप्ति निकालिएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरूकै समर्थनमा प्रधानमन्त्री बनेको भए पनि एमसिसी सम्झौता पारित गर्ने पहल गरेको भन्दै उनले एमसिसी सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति