काठमाडौं, २१ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले आफूलाई युवा नै ठान्ने गरेको बताएका छन् । सोमबार युवासंघको कार्यक्रममा उनले आफ्नो भुलचुकले कपाल फुलेको बताए । “युवा संघको पनि म अध्यक्ष नै हो । म अहिलेसम्म भुलचुकले कपाल फुल्यो बेग्लै कुरा हो । तर, म आफूलाई युवा–युवा ठान्छु ।” कार्यक्रममा ओलीले एमाले सरकारबाट हटेपनि जनता आफ्नै पार्टीमा आइरहेको दाबी गरे । “नेकपा एमालेलाई स–सना झुण्ड मिलेर । जालझेल गरेर खेद्न खोज्छन् । एमाले सरकारबाट हटेको छ । जनता एमालेमा प्रवेश गरेको छ ,” उनले भने । एमाले सरकारमा भए नभएमा फरक नपर्ने उनले बताए ।
म आफूलाई युवा नै ठान्छु,भुलचुकले कपाल फुल्यो : अध्यक्ष ओली
प्रतिक्रिया