देउवा सरकार प्रति एमाले अध्यक्ष ओलीको कटाक्ष : यस्तालाई भन्छन् घरका बाघ वनका स्याल

काठमाडौं, २१ भदौ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलास्थित महाकाली नदीमा भारतीय एसएसबीले तुइन चुँडाएर जयसिंह धामी बेपत्ता भएको घटनाबारे नेपाल सरकारले भारतलाई किन थाहा नदिएको भनेर प्रश्न गरेका छन् ।

युवा संघको काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले सोधे, तुइनबाट मान्छे खस्छ, बेपत्ता हुन्छ । त्यसबारे तपाईं बोल्नुहुन्न । नेपाली झारिन्छ भनेर प्रतिवेदन आउँछ । तर पनि बोल्न सक्नुहुन्न । भारत भन्छ, थाहा छैन । भारतलाई नेपाल सरकारले किन थाहा दिन सक्नुहुन्न रुु

धामी महाकालीमा बेपत्ता भएको सम्बन्धमा भारत सरकारसँग प्रश्न किन नउठाएको भनेर ओलीले सोधेका छन् । नागरिक मारिँदा पनि चुइक्क बोल्न सक्दैन ? सडकमा लाठी लगाउन सक्छ त युवाहरू बोल्ने बित्तिकै , यस्तालाई भन्छन् घरका बाघ वनका स्याल, ओलीले भने ।

पाँच दलको सरकार हुँदा पनि नेपाली नागरिकलाई महाकालीमा खसालेको विषयमा चुइँक्क बोल्न नसकेको भन्दै ओलीले आलोचना गरेका छन् ।

नागरिकलाई उक्त घटनाको विरोध नगर्न विज्ञप्ति जारी गरेकोप्रति पनि ओलीले आलोचना गरेका छन् । उनले तानाशाहीलेझैं शान्तिपूर्व विरोध गर्नमा रोक लगाउने काम सरकारबाट भएको भन्दै त्यसको विरोध गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति