राष्ट्र बैंकका गभर्नरको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडौं, २१ भदौ । सेयर धितो कर्जा सीमाको विरोध गर्दै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद आधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।लगानीकर्ताहरुले गभर्नर अधिकारीको राजीनामा सहित बिभिन्न १६ बुँदे माग अघि सार्दै राष्ट्र बैंक अगाडी विरोध प्रर्दशन गरेका हुन् ।

मौद्रिक नीतिको विरोध र लगानीकर्ताको हकहितका लागि प्रदर्शन गर्न बाध्य भएको लगानीकर्ताको भनाई छ । केन्द्रीय बैंकको अस्तित्व नै धरापमा पार्ने गरी नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजारमा समस्या पारेपछि गर्भनरको राजीनामा मागिएको लगानीकर्ताको आरोप छ । प्रदर्शनकारीले १० कित्ता नीति हटाउन पाइदैन, पूजिँबजारप्रति स्थायी नीति कायम गर, गर्भनरलाई बर्खास्त गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

राष्ट्र बैंकबाट पुंजी बजारको अस्तित्व नै धरापमा पार्ने गरि विभिन्न समयमा नियोजित तयार गरिएका नीति कार्यक्रम र कार्य नीतिहरुले समग्र पुंजीबजार अगाडी बढ्न नसकेको लगानीकर्ताले जनाएका छन् ।प्रदर्शनपछि पुँजी बजार सुधार संघर्ष समितिले नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र पनि बुझाएको छ । गभर्नरले राजिनामा दिनु पर्ने, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका माग सहितको ज्ञापन पत्र बुझाएको समितिले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति