तालिबानमाथि गर्भवती एक महिला प्रहरीकोे हत्या गरेको आरोप


काठमाडौं, २१ भदौ ।  अफगानिस्तानमा तालिबानमाथि एक महिला प्रहरीकोे हत्या गरेको आरोप लागेको छ । आठ महिनाकी गर्भवती एक महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान र छोराछोरीको सामुन्ने हत्या गरेको बीबीसीले जनाएको छ ।ती महिलाको पारिवारिक श्रोत र प्रत्यक्षदर्शीहरुले भने तालिबानले नै हत्या गरेको दाबी गरेका छन् । गोली हानी हत्या गरिएकी ती महिलाको शरीर र अनुहार समेत क्षतविक्षत पारिएको जनाइएको छ । स्थानीय कारागारमा कार्यरत ती महिला सुरक्षाकर्मीको किन हत्या गरियो भन्ने खुलेको छैन । अफगानिस्तानमा पछिल्लो समय अधिकार माग गर्दै महिलाहरुले गरेको प्रदर्शनमा उनी संलग्न भएको आशङ्कामा मारिएको हुन सक्ने जनाइएको छ । तालिबानले घटनाबारे अनुसन्धान गर्ने बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति