काठमाडौं, २१ भदौ । सेयर बजारमा गिरावट आएको बारे अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । उनले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरी समस्या समाधान गर्न आग्रह गरेको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री शर्माले गभर्नर अधिकारीसँग टेलिफोन कुराकानी गर्नुभएको छ ।’कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । ‘कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न अर्थमन्त्रीले गभर्नरलाई आग्रह गरेको’ विज्ञप्तिमा जनाइएको छ ।‘जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
सेयर बजारमा देखिएको गिरावटबारे अर्थमन्त्री शर्माको चासो
प्रतिक्रिया