संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौं, २१ भदौ । संखुवासमा एकै परिवारका ६ जनाको हत्या भएको छ।

जिल्लाको मादी नगरपालिका–१, खोला गाउँका एकै घरका ६ जनाको हत्या भएको हो । प्रहरीका अनुसार स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको हो । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले स्थानीयलाई उदृत गर्दै बताएअनुसार ५८ वर्षीय तेजबहादुरकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दिपक कार्की र नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका हुन् । 

प्रदेश नम्बर १ का प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईका अनुसार ६ जनाको हत्या गरेको हो। एक जना घाइते रहेको उनले बताए। ६ जनालाई काटेको भन्ने खबर आएको छ। हाम्रो टोली भर्खरै पुगेको छ, उनले भने, एक जना वृद्ध मान्छे जोगिएको हो कि भन्ने छ। उपचारको लागि ल्याउने प्रयास भएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board