दोस्रो मैत्रीपूर्ण खेलमा नेपालविरूद्ध भारतको दोस्रो गोल


काठमाडौं, २० भदौ । काठमाडौंको दशरथ रंगशालामा जारी खेलमा भारतले नेपालविरूद्ध दोस्रो गोल गरेको छ। भारतका कप्तान सुनिल क्षेत्रीले नेपालविरूद्ध गोल गरेका हुन्। यसअघि भारतका फारूख चौधरीले ६२ औं मिनेटमा गोल गरेका हुन्। नेपालले भने एक गोल र्फकाएको छ ।

पहिलो हाफ गोलरहित रहेपनि दोस्रो हाफमा भारतले गोल गरेको हो। भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन परिवर्तन गरेको थियो। अघिल्लो खेल खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठ आजको खेलमा पहिलो रोजाइमा छैनन्। सुजल श्रेष्ठ, मनिष डाँगी र आसिस लामाले पहिलो रोजाइमा स्थान पाएका छन्।नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्।यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १/१ गोलको बराबरीमा सकिएको थियो। खेलमा नेपालले अग्रता लिए पनि भारतले बराबरी गोल फर्काएको थियो। नेपालका लागि अञ्जन विष्टले गोल गर्दा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति