पाँच प्रतिशत बढीले घटे पछि नेप्सेले रोक्यो शेयर कारोबार

काठमाडौँ, २० भदौ । उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्‍जले कारोबार रोकेको छ । नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो ।


कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएको छ । लगातार नेप्सेमा गिरावगट देखिएपछि कारोबार रोकिएको हो । नेप्से १४७।३१ बिन्दुले अर्थात् ५।०३ बिन्दुले ओरोलो लागेर दुई हजार ७७९।६८ मा रोकिएको छ ।


यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २६।९३ अङ्कले ओरालो लागेर ५१४।८४ मा सीमित भएको छ । कूल २१५ कम्पनीका एक करोड ४८ लाख ३१ हजार ७३८ कित्ता शेयर रु सात अर्ब १९ करोड ९० लाख ३५ हजार ६७१ मूल्यमा खरिदबिक्री भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति