प्रदेश २ मा थप दुई सांसदले नेकपा एस रोजे

जकाठमाडौँ, २० भदौ । प्रदेश नं। २ मा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एस रोज्नेको संख्या बढेको छ ।एमालेका सांसदद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर दुवै जनाले आज एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । उनीहरुलाई सांसद शत्रुधन महतोले निर्वाचन कार्यालय लगेका थिए ।प्रदेश २ मा एमालेका २१ सांसद थिए । जसमध्ये ११ जनाले शुक्रबार नै एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् ।यस प्रदेशमा एमालेका ८ सांसद बाँकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति