नेपालले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ, २० भदौ ।  नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भारतबीचको खेल बेलुका साढे ५ बजे हुनेछ । नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आउँदो असोज १५ देखि ३० गतेसम्म हुँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति