एबीसी न्युजले उठाएको मुद्दा राष्ट्रिय राजनीतिमा मार्गदर्शक – अध्यक्ष तथा प्रधानसम्पादक कंडेल

काठमाडौं, १९ भदौ ।  एबीसी न्युज टेलिभिजनले आजकै दिनबाट १४ औं वर्षमा प्रवेश गरेको छ । गाउँ शहर र दुनियाँ ब्यूझाउने अभियानलाई मु्ल मन्त्र बनाउंदै आएको एबीसी न्यूज टेलिभिजनले आज एक कार्यक्रमका बिच आफ्नो १४ औं वर्षमा प्रवेश गरेको अवशरमा कार्यक्रम गरेको छ । टेलिभिजनको प्राङ्गनमा भएको बार्षिकोत्सव समारोहलाई सम्बोधन गदै एबीसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलले एबीसी न्युजले उठाएको मुद्दा राष्ट्रिय राजनीतिमा मार्गदर्शक हुने बताए । एबीसी न्युले अब मुलुकको समृद्धिलाई मुख्य विषयवस्तु बनाउने समेत बताउदै, अध्यक्ष कंडेलले एबीसी न्युजले उठाएको विषय वस्तुलाई अब अन्य मिडियाले पछ्याउने खालको उत्पादन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष कंडेलले एबीसी न्युजले स्थापना कालदेखि नै पछाडिएका नागरिकको आवाज उजागर गर्दै आएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता गरे । एबीसीले आफ्नो स्थापनादेखि नै मुलधारको मिडिया भन्दा फरक रुपमा प्रस्तुत भएको भन्दै अध्यक्ष कँडेलले आगामी दिनमा पनि गरिब, दुखि जनताको पक्षमा निरन्तर आवाज उठाउने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति