विकास आयोजनामा धम्की दिइएको भन्दै कडा कारवाही गर्ने गृहको चेतावनी

काठमाडौं, १९ भदौ । काठमाडौं । वैदेशिक सहयोगमा सञ्चालित विकास आयोजनामा कार्यरत् कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी धम्की दिइएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ।शुक्रबार जारी विज्ञप्तिमा विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा वैदेशिक सम्बन्धमा आँच आउने कुनै गतिविधि नगर्न र पाइएमा कडा कारवाही गरिने पनि भनिएको छ ।विज्ञप्तिमा भनिएको छ, ‘मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष÷परोक्ष रुपमा सञ्चारमाध्यम र सामाजित सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधिप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’
साथै, त्यस्ता अभिव्यक्ति र गतिविधिहरूको सूक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्नेउपर प्रचिलित कानुन बमोजिम कडा कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति