सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन एमाले अध्यक्षको चुनौती ?

काठमाडौं, १९ भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गरेका छन् । राजधानीमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौती समेत दिएका हुन् ।

उनले पटक पटक चीनसँग कुनै सीमा विवाद नभएको दोहोर्‍याउँदै भने, ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्‍यो रे ? कसलाई खुसी पार्न रु यो सरकारलाई चुनौती दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद देखाओस् ।’ उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि आरोप लगाए ।

त्यस्तै, यो सरकारले कुनै रचनात्मक काम नगरेको र सबै कुरा बिगार्दै लगेको पनि आरोप लगाए । ‘रानी पोखरीमा ढुङ्गा हान्न सक्छन्, तपाईंहरु याद गर्नु होला । मूर्ति भत्काउन सक्छन् । यिनीहरूले रचनात्मक काम गर्दैनन् बिगार्दै मात्र गएका छन् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति