विश्वभर कोरोना संक्रमितको संख्या २२ करोड नाघ्यो : मृतकको संख्या ४५ लाख ६६

काठमाडौं, १९ भदौ ।  विश्वभर कोरोना संक्रमितको संख्या २२ करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ६ लाख ५७ हजार ८९९ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या २२ करोड ५ लाख ९० हजार १२० पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८९ लाख ४२ हजार ३८१ छ । यसमध्ये १ लाख ५ हजार ९५० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ लाख १८ हजार ९०४ जना संक्रमण मुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ७० लाख ८१ हजार ५९० पुगेको छ ।

यस्तै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४५ लाख ६६ हजार १४९ पुगेको छ ।पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ७५२ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ६६ हजार १४९ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ८२ हजार ४२२ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ५११ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ६४ हजार ९३४ जनाको मृत्यु भइसकेको छ । यसैगरी ब्राजिलमा ५ लाख ८२ हजार ७५३ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा शनिबार बिहानसम्म ४ लाख ४० हजार २५६ संक्रमितको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board