चुनावपछि एमाले फेरि सत्तामा फर्किन्छ – सचिव ज्ञवाली

काठमाडौँ, १८ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरी सरकारमा फर्कने दाबी गरेका छन् । तत्कालका लागि परमादेशबाट आफूहरू सरकारबाट हट्नु परेको बताउँदै सचिव ज्ञवालीले जनादेशको माध्यामबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने बताएका हुन् । एमाले ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।‘परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट सरकारमा फेरि फर्कने छौँ,’ उनले भने । सचिव ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको र मन्त्रिपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।उनले लिपुलेक नेपाली भूमिलाई समस्याका रुपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरूप्रति पनि आक्रोश पोखे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति