काठमाडौँ, १८ भदौ । बागमती प्रदेशमा अर्की एमाले सांसद पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर लागेकी छन्।
एमालेबाट समानुपातिक कोटामा निर्वाचित सांसद मीना ज्ञवालीले नेपाल नेतृत्वको समाजवादी रोजेकी हुन्। समाजवादीतिर लागेकी उनी एमाले नेता रुद्र नेपालकी पत्नी हुन्। नेपाल भने अहिले पनि एमालेनिकट कानुन व्यवसायी आवद्ध संगठन पीपीएलएका अध्यक्ष छ। ज्ञवाली बागमती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत रिन्। यससँगै बागमतीमा एमाले छाडेर समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ।यसअघि नै भावी मुख्यमन्त्रीका रुपमा चर्चामा रहेका धादिङका राजेन्द्र पाण्डेसहित १२ सांसद समाजवादीतिर लागिसकेका छन्। १३ जना समाजवादीतिर लागेपछि अब बागमतीमा एमालेका ४३ सांसद बाँकी भएका छन्। भदौ २ मा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले यससँगै बहुमत गुमाएकी छन्। शाक्यले बहुमत गुमाएसँगै अहिले बागमतीमा सांसद पाण्डे नयाँ सरकार बनाउन तम्सिएका छन्।
बागमतीमा एमाले सांसद मीना ज्ञवालीले रोजिन् एकीकृत समाजवादी
प्रतिक्रिया