फिल्म हलमा ५० प्रतिशतमात्रै दर्शक राख्न र क्लब राति २ बजेभित्र बन्द गर्न काठमाडौं प्रशासनको निर्देशन

काठमाडौँ, १८ भदौ ।  काठमाडौं जिल्ला प्रशासन कार्यालयले फिल्म हल व्यवसायीहरूलाई ५० प्रतिशतमात्रै दर्शक राखेर हल सञ्चालन गर्न निर्देशन दिएको छ।

शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले हल व्यवसायीहरूलाई उक्त निर्देशन दिएका हुन्। प्रजिअ पराजुलीले चलचित्र विकास बोर्ड तथा फिल्म व्यवसायीहरूसँगको बैठकमा निर्देशन दिएको सूचना अधिकारी तथा सहायक प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिइन्। लोकदोहोरी साँझ, क्लब लगायत रात्रिकालीन व्यवसायीहरू र फिल्म हल व्यवसायीहरूसँग बैठक भएको थियो। कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भयो, उनले भनिन्। दिउँसो मात्रै सञ्चालन हुने भएकाले फिल्म हल व्यवसायीहरूलाई समय सीमा तोकिएको छैन। साथै, स्वास्थ्यको मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने उनले बताइन्।

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा हटाएको थियो। विद्यालयबाहेक अरू सबैलाई खुल्न अनुमति दिए पनि फिल्म हल तथा रात्रिकालीन व्यवसायीहरू खुलिसकेका थिएनन्। रात्रिकालीन व्यवसायीहरूलाई पनि समय सीमा तोकेको सूचना अधिकारी नेपालले बताइन्। लोकदोहोरी साँझहरू राति १२ बजेभित्रमा बन्द गरिसक्नुपर्ने छन्। त्यस्तै क्लबहरू राति २ बजेसम्ममा बन्द गर्नुपर्ने निर्देशन काठमाडौं प्रशासनले दिएको छ।यी सबै काममा स्वास्थ्य मापदण्डको पालना भएरनभएकोबारे अनुगमन समेत गरिने सूचना अधिकारी नेपालले बताइन्। सबै स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्ने भनिएको छ। नगरे कारबाही गर्ने भन्नेछ,उनले भनिन्,ुअनुगमन समिति समेत बनाइएको छ। हायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, पर्यटन बोर्ड, चलचित्र विकास बोर्ड, लोकदोहोरी लगायतका प्रतिनिधिहरू राखेर अनुगमन समिति बनाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति