पार्टीमा चरम विवाद भएपछि अन्तत: पीपीएलएको भेलामा गएनन् ओली

काठमाडौँ, १८ भदौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी निकट प्रगतिशील पेशागत कानुन व्यवसायी संघ (पीपीएलए)को भेलामा सहभागी नहुने भएका छन् । पीपीएलएको भेलाका सन्दर्भमा विवाद भएपछि ओली सहभागी नभएका हुन् ।

ललितपुरको च्यासलमा शुक्रबार दुई बजे सुरु हुने गरी बोलाइएको भेलामा ओलीलाई प्रमुख अथितिका रुपमा आमन्त्रण गरिएको थियो । तर पीपीएलएका अध्यक्ष रुद्र नेपालले आज राखिएको भेला संस्थागत निर्णयबाट नभएको भन्दै भेलामा सहभागी नहुन आग्रह गरेका थिए ।

पीपीएलएका इन्चार्ज रहेका एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले आजको भेला रोक्न आग्रह गरेका थिए । एमाले जेठ २ मा फर्किने निर्णय भएको बेलामा एमालेका दोस्रो तहका तेस्रो धारका नेताहरुले समेत पीपीएलएको आज बोलाइएको भेला स्थगन गर्न माग गर्दै आएका थिए । पार्टीमा भएको १० बुँदे सहमतिको भावना विपरीत पिपिएलको बैठक बोलाइएको उनीहरुको भनाइ थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति