कांग्रेस रोल्पाका कोषाध्यक्ष बलात्कार आरोपमा पक्राउ

रोल्पा, १८ भदौ। नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खड्कबहादुर खत्री बलात्कार आरोपमा पक्राउ परेका छन् ।स्थानीय ४३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा भदौ ८ गते खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी नरेश सुवेदीले जानकारी दिए । खत्रीमाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत रोल्पाबाट दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी सुवेदीले बताए। पीडित महिलाले खत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएकी थिइन्। उनको रोल्पा अस्पताल रेउघामा स्वास्थ परीक्षण गरिएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board