काठमाडौं, भदौ १७ । काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको विहिवार निधन भएको छ । क्यान्सरबाट पीडित ६५ वर्षीया श्रेष्ठको उपचारका क्रममा विहिवार साँझ नर्भिक अस्पतालमा निधन भएको हो । बुधवार साझ स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई नर्भिक अस्पताल लगिएको थियो । उनले क्यान्सरको उपचार यहीँ गराउँदै आएका थिए ।२०१३ साल पुस १४ गते जन्मिएका श्रेष्ठलाई गएको डेढ महिनाअघि खाना नलीमा क्यान्सर देखिएको थियो । यसको उपचारका क्रममा उनलाई दोस्रो चरणको किमो दिइसकिएको थियो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि १ दिन शोक विदा दिने भएको छ । उनको शव भोलि विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिनेछ ।विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपतिमा लगिने, वडा सदस्य चन्द्रमान डंगोलले जानकारी दिए । श्रेष्ठका श्रीमती ३ छोरी र १ छोरा छन् ।

प्रतिक्रिया